Section 17
उद्धरण गर्न पाइने
दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रकाशित रचनाको केही अंश सत्कार्यको लागि रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर नपर्ने गरी निजको अनुमति विना नै उद्धरण गर्न पाइने छ । त्यसरी उद्धरण गर्दा सोको स्रोत र त्यस्तो रचनाका रचयिताको नाम उल्लेख भए सो समेत उल्लेख गर्नु पर्नेछ ।